पोखरा बिदेशी पर्यट्न मात्र होईन स्वदेशी पर्यटक हरु पनि रमाउने र छुट्टी मनाउने एउटा राम्रो गन्तब्य स्थल मान्न सकिन्छ तेही पनि पोखरा घुम्न आउने पर्यटन मात्र होईन पोख्रेली हरु पनि फेवाताल आए पछी ताल को काख मा लूट्पुटी नगरि फेवा ताल घुम्न आएको स्वभाबै हुँदैन!
फेवा ताल को माप्डन्ड बिसय लियर आज मात्र होईन निक्कै लामो समय देखी सो ताल वर पर का २०० मिटर भित्रका सम्पूर्ण जग्गा धनी हरु लाई बारम बार घच घचाउने र दुख दिने कार्य भई रहेको याहा हरुले बिभिन्न पत्र पत्रीका मार्फत जान्कारी प्राप्त गरिनै रहनु भयको छ तेत्तिमात्र नभयर केन्द्र का मन्त्रालय हरु सम्म घचघचीयको अझै पनि ताजै छ!
माप्डण्ड को कुरा मात्र नभयर केहि महिना अगाडी कास्की जिल्ला प्रशासक शम्भु प्रसाद कोइराला को नेतृत्व मा फेवा ताल को क्षेत्रफल बढाउने, सम्रक्षण र ताल को वरि परी फुट ट्र्याक बनाउने योजना सहित यो कार्य अगाडी बढाइयको थियो तर एस्मा पनि कुनै योजना बिना अबेबस्थित हिसाबले डोजर हरु लगाउनाले फेवा ताल को क्षेत्र फल बढ्ने भन्दा पनि झन ताल पुरिन मद्दत पुगेको देखिन्छ!
सो ताल को क्षेत्र फल बढाउने ताल को जग्गा बाहेक लाल्पुर्जा भयको कुनै ब्याक्ती को जग्गा हरु खनिने छैन भनि मेडिया मार्फत समचार हरु सम्प्रेसण गरेता पनि
ताल वर परका लाल्पुर्जा भयको जग्गा हरु बिना सुचना धान खेत लाई ताल मा मिसाउने कार्य भयो खेत का धनी हरु आफ्नो पुर्जा हातमा लियर डोजर रोक्न आग्रह गर्दा हत्तियार सहित पुलिस प्रसासन राखी डोजर चलाईयो सो जग्गा धनी हरु गोली को आड मा बोलिको केहि नलाग्ने देखे पछी जिल्ला प्रसासन कार्यालयमा गै शन्भु प्रसाद कोइराला समक्ष हात जोडन पुगे तर तिहा पनि एदि कसै लाई तेस्तो मर्का परेको छ भने तपाइ हरु को सम्पुर्ण प्रमाण हरु पेस गर्नुस म केन्द्र मा पठाउन सहयोग गरौला भन्ने आश्वासअन आयो!
सो कार्य लाई पुरै नगरि फेवाताल अस्तबेस्त पारेर छोडियो तेत्ती मात्र नभै लाल्पुर्जा भयको धान खेत ताल भित्र मिसायर बाकी रहेको खेत मा पनि सराङ्कोट बाट आउने खहरे खोला हरु को पानी कटाउन ठाउ ठाउ मा हिम पायप राख्दिन जिल्ला प्रसासक ज्यु सँग आग्रहगर्दा तुरुन्त गराइ दिन्छु भन्ने आश्वासअन दिय ता पनि कुनै कार्य अगाडी नबड्दा बाकी रहेको खेति योग्य
जमिन हरुमा दोस्व्रो फेवाताल बनी धान खेती नस्ट भयको देखिन्छ!
एदि फेवा ताल लाई सम्रक्षण गर्ने नै हो भने सोही समय सराङ्कोट गा' बि' स' वाड्न ६ सेदी स्थित पर्यटन बिद पर्यटन क्षेत्र का माहिर ब्याक्त्ती काठ्मान्डु गेस्ट हाउस का सन्चालक पर्यटन ब्याबसायी द्वरा बिभिन्न लेख मार्फत बिभिन्न छापा हरु देखी लियर बिधुत्तिय मेडिया मार्फत पर्यटन को गुन गान गाउने फेवाताल लाई एस्तो बनाउनु पर्छ उस्तो बनाउनु पर्छ पर्यटन छेत्र लाई प्राक्र्तिकता दिनु पर्छ भन्दै हिड्ने ब्याक्त्ती कर्ण शाक्य ज्यु ले वाटर फन रिसोर्ट प्रा, लि, दर्ता गराइ फेवा ताल नजिक तेत्ती ठुलो भबन बनाइराखनु भयको छ तेस्मा पनि तीन तल्ला भबन पुरा भैसकेको छ र अझै पनि सो भबन को उचाइ आकासिने क्रम जारी छ एस्तो ब्याक्त्ती भयर ताल को नजिक नियम बिपरित भबन बनाउन राम्रो कुरो हो?
शाक्य जि को यो ताल छेउ को भबन हेर्दा जो कोही लाई पनि लाग्न सक्छ पर्यटन बिद शाक्य आफै धामी आफै बोक्सी झै भयको देखिन्छ! एदि जिल्ला प्रशासक लगायत सम्ब- न्धित निकाय र ताल वर पर का बासिन्दा हरु मिलेर फेवा लाई बचाउने र सम्रक्ष्ण गर्ने हो भने ताल को नजिक अबेबस्थित भबन निर्माण हुँदा सम्म के कसै को आखा पर्न सकेन?
एस्तै क्रमले अबेबस्थित भबन हरु निर्माण गर्न दिने हो भने फेवा ताल को दृश्य हेर्न हेलिकटर चाटर गर्न पर्ने अवस्था नआउला भन्न सकिन्न!
आर. के. राइ
